सुनसरी / सुनसरीको दुहबी नगरपालिका ३ स्थित विद्या संस्कार एकेडेमीले “सिनियर किन्डगार्टेन ग्राजुएसन” तथा कक्षा ५ को विदाई समारोह कार्यक्रम सम्पन्न गरेको छ । विद्या संस्कार एकेडेमीका प्रबन्ध निर्देशक दिपेश राउतले गुणस्तरीय शिक्षाका साथै नैतिक शिक्षामा समेत जोड दिएको जनाए । विद्या संस्कार एकेडेमीका प्रिन्सिपल प्रनिसा तिवारीले जीवन उपयोगि बालमैत्री शिक्षण शैलिमा शिक्षा दिइरहेको बताइन् । कार्यक्रममा विद्यार्थी अभिभावक शिक्षक शिक्षिका लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।असल सोचलाई व्यवहारमा उतार्दै विद्या संस्कार एकेडेमीले आफ्नो फरक पहिचान निर्माण गरिरहेको छ। यहाँका विद्यार्थीहरू बिदाको समयमा पनि निष्क्रिय बस्ने होइनन्, बरु उनीहरू सङ्गीत तथा विभिन्न वाद्य वादनका कक्षाहरूमा सक्रिय रूपमा सहभागी भइरहेका छन्। यसले विद्यार्थीहरूको सिर्जनशीलता, अनुशासन, आत्मविश्वास र भावनात्मक सन्तुलन विकास गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।आजको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र व्यक्तिलाई सफल बनाउन सक्दैन। व्यवहारिक सीप, सृजनात्मक सोच र आत्मअभिव्यक्तिको क्षमता पनि उत्तिकै आवश्यक हुन्छ।
कोशी
आइतबार, २९ चैत २०८२
By Pradesh Darpan
काठमाडौं । विभिन्न परियोजनाको ठेक्काको अनलाइन प्रणालीको विवरण नै हेरफेर गरेको आरोपमा सुनसरीको दुहबीका जीवनकुमार दास सहित ६ जना पक्राउ परेका छन् ।सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनाधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको उजुरीको आधारमा ६ जनालाई विभिन्न समय र स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।साइबर ब्युरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा उजुरी परेको थियो । प्रारम्भिक अनुसन्धानमा उनीहरूले ठेक्कापट्टाको आर्थिक प्रस्ताव खोल्नुअघि नै त्यससम्बन्धी कागजातहरू परिवर्तन गरी मिलेमतो गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा धनकुटा पाख्रीबासका ३३ वर्षीय दिवाकर देउजा, बझाङ दुर्गाथलीका २५ वर्षीय भरत धामी, तनहुँ बन्दीपुरका ३९ वर्षीय संजय भट्ट, काठमाडौँको बानेश्वरका ३५ वर्षीय भाष्कर राज अर्याल, मकवानपुरका ४० वर्षीय सागर कटुवाल र सुनसरी दुहबीका ६२ वर्षीय जीवन कुमार दास रहेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ । उनीहरूमाथि संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रसासन
बुधबार, २५ चैत २०८२
By Pradesh Darpan
इटहरी, चैत ५ । इटहरी वडा नं. ५ मा अवस्थित वेवीलोन सेकेन्डरी बोडिङ् स्कुलको १५ औं वार्षिकोत्सव विहीबार भएको छ । वार्षिकोत्सवको अवसरमा वर्षभरीमा विभिन्न विधामा उत्कृष्ट हुने र शैक्षिक नतिजामा उत्कृष्ट हुने छात्राछात्रलाई पुरस्कार प्रदान गरिएको छ । विभिन्न क्षेत्रका उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख देवेन्द्र मल्ल, एन प्याब्सन सुनसरी जिल्ला उपाध्यक्ष गणेश कोइराला, निवर्तमान अध्यक्ष नारायण सन्जेल, विद्यालयका सञ्चालक पुन्यप्रसाद अधिकारीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीतसँगै अन्य विभिन्न खाले प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा गायिका अञ्जु गौतम र तुलसी घिमिरले मनोरञ्जन प्रदान गरेका थिए । विद्यालय सञ्चालक अधिकारीले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति सदैव दृढ भएर लाग्ने बताए । उनले अभिभावकले पनि आफ्ना नानीहरुको बारेमा चाँसो राखेर विद्यालय प्रशासनलाई सहयोग गर्न आह्वान गरे । सो क्रममा विद्यालयका प्रिन्पिसल कुसुम राई र शैक्षिक निर्देशक मिल्सन राईले पनि विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्दता व्यक्त गरे ।
कोशी
बिहिबार, ०५ चैत २०८२
By Pradesh Darpan
सुनसरी | एक्सेल डेभलपमेन्ट बैंकको दुहवी शाखाले होली पर्वको अवसरमा भव्य होली मिलन कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रम यसै बैंक परिसरमा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा बैंकका शाखा प्रबन्धक , कर्मचारीहरू, सेवाग्राही तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेष रूपमा बैंकका क्लस्टर प्रमुख दिपक कुमार दास को उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।बैंकका शाखा प्रबन्धक जितेन्द्र गुप्ताले होली पर्वले आपसी सद्भाव, एकता र भाइचाराको सन्देश दिने उल्लेख गर्दै बैंकले समुदायसँगको सम्बन्ध सुदृढ बनाउन यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने बताए। उनले बैंक सदैव ग्राहक केन्द्रित सेवा र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।सहभागीहरूले एकअर्कालाई अबिर लगाउँदै शुभकामना आदान–प्रदान गरेका थिए। कार्यक्रम शान्तिपूर्ण, सौहार्दपूर्ण तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको एक्सेल डेभलपमेन्ट बैंक दुहवी शाखाका शाखा प्रबन्धक जितेन्द्र गुप्ताले बताए।एक्सेल डेभलपमेन्ट बैंक को ४७ वटा शाखाहरूबाट उत्कृष्ठ सेवाहरु दिँदै आइरहेको छ।
कोशी
सोमबार, १८ फागुन २०८२
By Pradesh Darpan
सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर-३ थारू समुदायको बाहुल्य क्षेत्र हो । यो क्षेत्रमा विशेष गरी थारू नेताहरूबीच नै चुनावी भिडन्त हुँदै आइरहेको छ । यो पटक पनि थारू समुदायकै पुराना नेताहरू चुनावी प्रतिस्पर्धामा छन् ।यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौं पटक चुनावी मैदानमा छन् । विजय गच्छदारसँग टक्कर दिन नेकपा एमालेले पनि थारू समुदायबाटै भगवती चौधरीलाई उम्मेदवार बनाएको छ । विजय गच्छदार र भगवती चौधरीबीचको यो प्रतिस्पर्धा चौथो पटक हो । यो क्षेत्रबाट २३ जनाले उम्मेदवारी दिए पनि गच्छदार र भगवतीबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अशोक चौधरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट दुर्गेश चौधरी, श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदा, समावेशी समाजवादी पार्टी नेपालबाट किशोरकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट घनश्याम गुरुङ लगायत विभिन्न पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।गच्छदारले २०४८ सालदेखि २०७४ सम्म एकछत्र राज गरेको यस क्षेत्रमा २०७९ सालको संसदीय निर्वाचनमा भने भगवती चौधरीले बाजी मारेकी थिइन् । गच्छदारको तीन दशक लामो राजनीतिक विरासत भत्काउँदै भगवतीले जितेकी थिइन् । तर जेनजी आन्दोलनपछि संसद् विघटन भयो । उनले कार्यकाल पूरा गर्न पाइनन् । भगवती फेरि आफ्नो जित दोहोर्याउने प्रयासमा छिन् । गच्छदार भने गुमेको विरासत फर्काउने दाउमा छन् ।१२ पटकसम्म मन्त्री भएका गच्छदारले आफ्नो क्षेत्रमा विकास गरेको दाबी गर्दै आएका छन् । शिक्षा, स्वास्थ्य, यातायात, कृषिमा आमूल परिवर्तन गर्ने बाचा दोहोर्याउँदै उनी मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदाताहरू भने आफ्नो क्षेत्रबाट प्रभावशाली नेतालाई जिताएर पठाए पनि देखिने गरी विकासको काम गर्न गच्छदार चुकेको गुनासो गरिरहेका छन् ।बर्जुका स्थानीय खड्ग उरावकाअुनसार गच्छदारले यही क्षेत्रबाट पटक-पटक जितेर धेरैपटक मन्त्री, उपप्रधानमन्त्री भए, मानसम्मान कमाए । तर उनले जनतामाझ गरेका प्रतिबद्धता कहिलै पूरा नगरेको गुनासो उरावको छ । सडक सञ्जालहरूको अवस्था नाजुक रहेको उनको गुनासो छ । उनी भन्छन्, ‘सामुदायिक स्कुलका अवस्था पनि बेहाल छन् । सुनसरी-मोरङ सिँचाइ आयोजना अन्तर्गतको नहरका शाखाहरू विस्तार भए पनि किसानहरूले धान, मकै र गहुँ उत्पादनका लागि सहजै पानी, मल र बीउ पाउन सकेका छैनन् । मुलुकको सबैभन्दा बढी धान, मकै गहुँ, आलु, उत्पादन हुने कृषियोग्य भूमि यस क्षेत्रमा भए पनि किसानका लागि दिर्घकालीन योजनाहरू गच्छदारले पूरा नगरेको उनको गुनासो छ ।गच्छदार कांग्रेस छाडेर कहिले मधेशी जनाधिकार फोरमका नेता भए २०७० मा फोरम फुटेपछि लोकतान्त्रिक जनाधिकार फोरमका नेता बने । फोरमबाट २०७० सालमा उनले चुनाव लडे, यो चुनावमा पनि उनले जिते । २०७४ सालमा भने उनी पुरानै राजनीतिक घर कांग्रेसमा फर्किए । २०७४ को चुनावमा पनि उनको प्रतिस्पर्धी भगवती नै थिइन् । यो पटक पनि उनले अत्यन्तै झिनो मतले जित हात पारे ।तर २०७९ सालको चुनावमा भने उनी ५ हजार मत अन्तरले भगवतीसँग पराजित भए । गच्छदारको कमजोरीलाई समातेर भगवतीले जित हात पारेकी थिइन् । आफूले पूरा कार्यकाल काम गर्न नपाएका कारण मतदाताको चहाना अनुसार विकास निर्माणका काम गर्न नपाएको उनी बताउँछिन् ।आफूले यस क्षेत्रको विकास र स्थायित्वका लागि गरिब जनताकालागी २७५ सय घर बनाउन सफल भएकोले थप ४ सय घर बनाउने योजना रहेको भगवती चौधरीले बताइन् । पूर्वाधार, सडक, खानेपानी, गुणस्तरीय शिक्षाकालागी स्कुल , ज्येष्ठ नागरिक, महिला, बालबालिका र स्वास्थ्य लगायत क्षेत्रको विषय सरकारको योजनामा दिगो विकास धेरै पुर्याउन सफल भएको भगवती चौधरीको दाबी छ ।
राजनीति
शुक्रबार, २४ माघ २०८२
By Pradesh Darpan