स्वास्थ

दुहबीमा प्रदेश स्तरिय तेश्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुने

दुहबी/ दुहबि ब्याडमिन्टन   क्लवको  आयोजनामा   कोशी प्रदेश स्तरिय   तेश्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता  शुरु हुने भएको छ ।  आज पत्रकार सम्मेलनको आयोजना गर्दै  क्ल्वका अध्यक्ष   दिलबहादुर थापा ( केदार)  र  कार्यक्रम संयोजक  सुभाष भट्टराइले  उक्त जानकारी गराएका हुन्।     मंशीर २९  गते र ३० गते  दुइदिन प्रदेश स्तरिय  प्रतियोगिता   हुने आयोजकले जनाएका छन्।   मेन्स  डवल ओपेन,  मेन्स डवल ४५+  ओपेन भेट्रान,  इन्टर मेम्बर र    मिक्स डवल गरी चार  तहका इभेन्ट हरु हुने छन्।   प्रतियोगिताको  प्रथम हुनेलाइ  रु ३१ हजार नगद र ट्रफि प्रदान गरिने छ भने  दोश्रो हुनेलाइ  रु १६ हजार र ट्रफि ,  तेश्रो हुने २ टिमलाइ  १६हजार   र ट्रफि  पुरस्कार  रहेको आयोजकले  जनाएका छन्।   मेन्स डवल भेट्रान बिजेता  प्रथम दोश्रो र तेसो लाइ क्रमश  रु २१ हजार,  ११ हजार्‍   र १०हजार नगद  पुरस्कार  रहेको छ।   Advertisementमिक्स डवल  बिजेता समुहलाइ क्रमश २१ हजार,  ११ हजार र १०हजार  नगद  राशी रहेको  छ भने   इन्टर मेम्बर  बिजयी  प्रथम दोश्रो , र्तेश्रो समुहलाइ क्रमस  १५ हजार,  ८ हजार  र ८ हजार  नगद  पुरस्कार  रासी  रहेको  आयोजक ले जानकारी गराएको छ।   दुहबी  रंगशाला नजिक रहेको कवर्डहल मा     यहि मंशिर २९ गते   प्रतियोगिताको   दुहबी   नगरप्रमुख वेदनारायण गच्छादारले    समुद्घाटन  गर्ने   आयोजगक ले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।  खेलाडी दर्ता शुक्ल,  सहयोगि दाता,  सदस्यहरु र मुख्य प्रायोजक बाट  जम्मा  अनुमानित  ९ लाख  संकलन हुने र   सो  रकम   प्रतियोगिता  संचालनमा  खर्च हुने    अध्यक्ष   थापाले  जानकारी  गराएका छन ।Advertisement.

स्वास्थ शुक्रबार, २८ मंसिर २०८१ By Pradesh Darpan

दुहबीको सातौ मेयरकप फुटवल प्रतियोगिको उपाधी भलुवाको पोल्टामा

दुहबी,   १५ फागुन ।   दुहबी नगरपालिकामा जारी ७औ मेयरकप फुटवल प्रतियोगिता को उपाधी    दुहबी वडा नम्बर ७ भलुवाले चुमेको छ।   सरस्वती माबीको खेलमैदानमा फागुन ४ देखी जारी प्रतियोगिता को आज फाइनल खेल   दुहबी ७ र दुहबी १०  सिमरिया  बिच कडा प्रतिस्पर्धा  साथ  भएको थियो।    खेल सुरुभएको १६ औ मिनेटमा दुहबी ७ का जर्सि नम्बर १० का खेलाडी   अंकित चौधरीले १ गोल गरी आफ्नो  टिमलाइ १ - ० को अग्रता दिलाएका थिए। हाफ  टाइम पछि पुन उनै चौधरीले थप १ गोल गरि २- ० को अग्रता दिलाए। निर्धारीत  समय सम्म थप कुनैपनि गोल हुन नसके पछि दुहबी ७ ले १० लाइ २ - ० गोल अन्तरले पराजित गर्दै मेयरकप को उपाधी चुम्न सफल भएको हो।   उपाधी सगै   भलुवाले नगद रु १२५२२२   शिल्ड र प्रमाणपत्र  पाएको छ भने उपबिजेता  सिमरियाले नगद  रु ७५२२२  शिल्ड र प्रमाणपत्र  पाएको छ।     प्रमुख अतिथि  दुहबी नगर प्रमुख वेदनारायण गच्छादारले  बिजेता टिमलाइ नगद साथै ट्रफि प्रदान गरेका थिए भने उपबिजेता टिमलाइ उपप्रमुख मेनुका खतीवडाले उपाधी प्रदान गरिन । खेलको म्यान अफ द म्याच दुहबी ७ का  जर्सि नम्बर ९  देवा  रिसिदेव घोषित भए।  भने  बेस्ट गोलकिपर दुहबी ७ का सुलभ चौधरी, बेस्ट डिफेन्डर  पारस चौ घोषीत बने।   दुहबी १० सिमरियाले   दुहबीमा मेयर कप सन्चालन देखीकै एकलौटी उपाधी चुम्दै आएको भएपनि यसपट भने गुमाउन पुगेको छ।

स्वास्थ बिहिबार, १५ फागुन २०८१ By Pradesh Darpan

दुहबीमा चौथो उपमेयरकप भलिवल प्रतियोगिता सुरु

दुहबी /सुनसरीको दुहबीमा जारि चौथो उपमेयर कप  नगरस्तरिय भलीवल प्रत्तियोगीता आजदेखी  सुरु भएको छ।   प्रमुख अतिथि दुहबी नगर उपप्रमुख  मेनुका खतीवडाले कोर्टमा बल  सर्भिस गरि प्रतियोगिता को आज उद्घाटन  गरेकी थिइन्।     गोल्डेन स्टार क्ल्वले भलुवा खेलमैदानमा  आयोजना गरेको  प्रतियोगिता पशुपति सरदारको संयोजकत्वमा  शुरु गरिएको थियो। वडा नम्बर ७ का अध्यक्ष  बिजय चौधरी लगायत ब्यापक उपस्थिति सहित आयोजित  भलिवल प्रतियोगिता को उद्घाटन खेल  दुहबी  नगरपालीका  र  इनरुवा नगरपालीका  बिच  रहेको थियो भने दोश्रो खेल  धरान उपमाहानगरपालिका र रामधुनि नगरपालिका बिच रहेको थियो।     दुहबी नगरपालिकालाइ  इनरुवा नगरपालिकाले २५- १८ ,  २५ - १८  र २५ -१९ को सोझो सेटमा हराउदै   ३ को बिरुद्द  १   सेट   ले क्वाटर फाइनलमा    प्रवेश गरेको छ। यसैगरी  रामधुनि नगरपालिकाले  सहभागीता नजए पछि धरान  उपमाहानगरपालिका  स्वत    क्वाटरफाइनल मा प्रवेश पाएको छ। आजदेखी सुरु भएको खेलको फाइनल प्रतियोगीता चैत्र ७ गते  हुनेछन ।   खेलको म्यान अफ द म्याच  इनरुवाकी प्रीयन्का  चौधरी  घोषित  भइन  उनले नगद  १ हजार र मेडल प्राप्त गरिन।   उपप्रमुख मेनुका खतीवडा र वडा अध्यक्ष  बिजय चौधरीले  खेलाडी हरुलाइ बधाइ दिएका थिए।

स्वास्थ मङ्गलबार, ०५ चैत २०८१ By Pradesh Darpan

सुनसरीको दुहबीमा दुहबी रन २०८१ हुने

दुहबी/सुनसरीको दुहबीमा यहि चैत २३ गते दुहबी रन २०८१ (चौथो संस्करण ) हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । दुहबी जेसिजको आयोजनामा श्री सरस्वती मा.बि.को खेल मैदानमा हुने दुहबी रनमा ३०० जना सहभागी हुने पुरुष र महिला विधा तर्फ प्रथम हुनेले नगद १५ हजार ५ सय तथा मेडल प्राप्त गर्नेछन् क्रमशः दोस्रो र तेस्रो हुनेले ११ हजार ५ सय र ७ हजार ५ सय नगद तथा मेडल प्राप्त गर्नेछ भने बालबालिका तर्फबाट प्रथम दोस्रो र तेस्रो हुनेले क्रमशः ४ हजार १ सय, २ हजार १ सय, १ हजार १ सय तथा मेडल प्राप्त गर्ने दुहबी जेसिजका अध्यक्ष कृष्ण चौधरीले बताए । दुहबी नगरपालिकाको २ लाख बजेटबाट संचालन हुने दुहबी रनमा मुख्य प्रायोजक तथा विभिन्न संघ संस्थाबाट १ लाख ६० हजार संकलन गरिने तथा सहभागी पुरुष महिलाहरुबाट ३०० र बालबालिकाहरुबाट १ सय लिइने आयोजले जनाएको छ ।

स्वास्थ बुधबार, २० चैत २०८१ By Pradesh Darpan

दुहबीमा अत्यधिक प्रदुषण गरेको भन्दै पशुपति आइरन उद्योग घेराउ

सुनसरी / सुनसरीको दुहबीमा अत्याधिक धुलो, धुँवा प्रदूषण गरेको भन्दै दुहबी ८ सोनापुर स्थित रहेको पशुपती आईरन एण्ड स्टिल  उद्योगको मुल गेटमा प्रदर्शन गर्दै स्थानीयहरुले उद्योग घेराउ गरेका छन । सम्बन्धित सरोकारवालाहरु मौन रहेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । स्थानियहरुका अनुसार सो उद्योगले धुलो, धुँवा र फलामको स–साना कणहरुले आँखा रफोक्सोको समस्या देखिन थालेको छ ।उद्योगले क्षमता बढाएर उद्योगबाट निस्किएको प्रदूषणले सर्वसाधारण मर्कामा परेको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन् । उद्योगबाट निस्केको प्रदूषणका कारण आसपासका बस्तीका बासिन्दा केही महिना देखि हैरान छन् ।उद्योग प्रदूषण नियन्त्रणका लागि सरोकारवाला निकाय गम्भीर नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।उद्योग उत्पादन प्लान्टबाट निस्केको धुलो स्थानीयको घरभित्र पस्ने गरेको छ । धुलोका कारण स्वास्थ्यमा असर परिरहेको र बस्तीमा बस्नै नसक्ने स्थिति उत्पन्न भएको गुनासो स्थानीयको छ । सर्वसाधारणले उद्योग सञ्चालक,प्रशासन र सरोकारवाला लाइ   पटक–पटक प्रदूषणबारे ध्यानाकर्षण गराए पनि त्यसको सुनुवाइ कसैले गरेका छैनन् ।

स्वास्थ सोमबार, ०६ जेठ २०८२ By Pradesh Darpan

दुहबीमा DANCE & FITNESS STUDIO को RE-OPENING

सुनसरी / सुनसरीको दुहबी वडा नम्बर ५ मा NUCLEAR DANCE GANG DANCE & FITNESS STUDIO ZUMBA X GYM को GRAND RE-OPENING भएको छ ।लेडी  (जिम एन्ड फिट्नेश सेन्टर) र न्युक्लियर डान्स ग्याङको  रि ओपेनिङ सेरोमोनीमा दुहबी नगरप्रमुख वेद नारायण गच्छादारले DANCE & FITNESS  को महत्वको बारेमा चर्चा गर्दै फिट्नेश सेन्टरकी संचालिका नबिना रोक्कालाइ शुभकामना दिदै हौसला प्रदान गरेका छन् । स्वर्ण पदक बिजेता रजनी श्रेष्ठले FITNESS को लागि  १ घंटा दैनिक GYM गरे दीर्घ रोगलाई समेत जित्न सकिने दावी गरेकी छिन । 

स्वास्थ शनिबार, ११ जेठ २०८२ By Pradesh Darpan

झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप - ३ को मृत्यु ६ सय बढी संक्रमित

सुनसरी / सुनसरीको झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिने क्रम बढिरहेकोछ । बिहीबार बिहान दिएको विवरण अनुसार ३५३ जनामा उच्च भाइरल ज्वरो देखिएकोमा शुक्रबार दिउँसो १२ बजेको विवरण अनुसार यो संख्या ६ सय नाघेको कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जानकारी दिए । हाल सम्म ३ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

स्वास्थ मङ्गलबार, २६ कात्तिक २०८२ By Pradesh Darpan

दुहबी नगरपालीकाका प्रबक्ता चौधरीलाइ पत्नी शोक

दुहबी/ दुहबी नगरपालिकाका प्रबक्ता  तथा  नेपाली काँग्रेसबाट निर्वाचित दुहबी ७ का वडा अध्यक्ष   बिजय कुमार चौधरीलाइ पत्नी शोक परेको छ।  लामो  समयदेखी  ब्रेनमा  नसा सुक्ने समस्या बाट ग्रसित स्व तिलकी देबि चौधरी  लाइ  प्रवक्ता समेत रहेका पति   बिजय चौधरी ले आफ्नो अथक बुताले भ्यायसम्म  उपचारका लागी  ठुलो आर्थिक रकम समेत खर्चिएका थिए।   प्रबक्ता चौधरीले    पत्नि  तिलकीको उपचारका लागी कुनै कसर बाँकि राखेका थिएनन्। उनले  पत्निलाइ उपचारका लागी  भारतको सिलगुरी,  नेपालको काठमाण्डौ,  घोपा क्याम्प धरान,  बिराटनगर का बिभिन्न अस्पताल पुर्याएका थिए।   स्वर्गबास हुने समयमा  तिलकि देबिको उपचार  दुहबी नगर आधारभुत  अस्पतालमा उपचार हुदै थियो,  प्रबक्ता चौधरीले भने ।   पत्निलाइ बचाउन मैले हर प्रयास गरे तर दैवको अगाडि मेरो जोड  लागेन ,  अहिले म एक्लो महसुस गरिरहेको छु,  अध्यक्ष  चौधरीले भावबिभल बन्दै  सुनाए।   हाल   चौधरीको एक छोरा र एक छोरी  छन ।उनिहरु  दुबैजनाको बिवाह भैसकेको छ।   स्वर्गीय  चौधरीको  २०८२ साल  कार्तिक १९गते  बुधबार बिहान ६:३० बजे निजि निवासमा  स्वर्गबास भएको थियो।  भने उनको जन्म २०२२ साल बैषाख  १० गते भएको  परिवार श्रोतले जनाएको छ।

स्वास्थ बिहिबार, २१ कात्तिक २०८२ By Pradesh Darpan