मोरङ/ओलि सरकारको कारण हिमाल पहाडको बसाइ सराइ र भारतको खुल्ला सिमानाका कारण तराईका मुलवासी आदिवासीहरु संकट्मा परेको भन्दै सांस्कृतिक पुर्ण जागरण र क्रान्ति सुरु गर्न मोरङमा समावेशी समाजवादी पार्टी नेपाल र थरुहट कोचिला प्रदेश मोरङ/सुनसरीको आयोजनामा जुडि सितौल है सिरुवा सांस्कृतिक महोत्सव हुने आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।पत्रकार सम्मेलनमार्फत जारी गरिएको प्रेस विज्ञप्तीसमावेशी समाजवादी पार्टी नेपाल स्थापनाकाल देखी धर्मनिरपेक्षता, सधीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व, निर्वाचन प्रणालि, पूर्ण समानुपातिक प्रतिनिधित्व राज्यको हरेक अंग, तह, तप्का, र निकायहरुमा, लोकतन्त्र, बहुदलिय व्यवस्था, गणतन्त्र, विकास, समुन्नति, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीको व्यवस्था हुनु पर्दछ ।काठमाण्डौं केन्द्रिकृत एकआत्मक राज्य व्यवस्था अन्त्य गरि अग्रगामी राज्य पून संरचना गरि ऐतिहासिक पहिचान र घात बालो सहितको स्वशासीत, स्वायत सिमाङकण र नामाडकण सहित अद्यअधिकार सहीतको राज्य पूनसंरचना गरिनु पर्दछ ।सयौं सहिदहरुको शाहदत्त र बलिदान पछि आज सम्म प्राप्त उपलब्धीहरु राजावादीहरु, कहिन्दूवादीहर निरंकुशवादीहरु निर्देलियवादीहरु, पाश्चगामीहरु र देशी विदेशी तत्वहरु समाप्त पार्ने आन्दोलनमा छन् । २०४८ साल देखि राजनितिक पार्टी, नेतृत्व र सरकारहरु जनता र देश प्रतिको कुशासन, भ्रष्टचार, बेतिथि, अर्कमव्यता र असक्षमताका कारण प्रतिक्रिया वादिहरु, राजावादीहरु, दलाल र विचौलियाहरु धमिलो पानिमा माछा मार्न बान्दोलित छन् जस्का प्रति हाम्रो पार्टीको गम्भिर व्यानार्कषण भएको छ।धर्मनिरपेक्षता, संघीयता, बहुदलिय व्यवस्था, समोवशी समानुपातिक प्रणाली, नोकतन्त्र र गणतन्त्र लगायत आज सम्म प्राप्त उपलब्धीहरु रक्षा, सस्थागत र कार्यान्वयन गर्दै नेता र दलहरुको बेथिति, कुशासन, भ्रष्टचार, अकर्मणयता र दलिय अधिनायकबाद विरुद्ध यहि २०८२ साल वैशाख १ गते सोमबार मोरङ्गको नेता चौकमा सिरुव महोत्सव आयोजना गरि खबरदारी गर्ने कार्यक्रम जानकारी गराउंदछौं।नेपालका मुलवासी आदिवासीहरुको भाषा, भेष-भूषा, मौलिक नाच, ग्रामधामी, लोपन्मुख भइरहेको छ । ऐतिहासीक सामाग्री, अर्गानिक खाना परिकार संस्कृतिलाई पूर्ण जागरण र पूर्नस्थापना गरि हाम्रो साझा अभियान सुरु गरेका की। आन्तरिक बसाई सराई, खुल्ला सिमाका कारण बाह्य आप्रवासन र राज्यको एकन जातिय नम्निय उपनिवेस्वादी, चिन्तन र मनोविज्ञानका कारण हामा भाषा र मेष-भुषा, मौलिक नाच, ग्रामथान परम्परा, चाड पर्वहरु जल, जंगल, जमिन, जैविक विविधता समाप्त भईरहेको छ। आप्रवासिहरु र विदेशीहरुका भाषा, धर्म र संस्कृतिको प्रभाव अतिक्रमण बढिरहेको छ।यसर्थ आफ्नो मौलिक भाषा, भेष-भुषा, चाड पर्व, परम्परा र पहिचान जोगाउन यहि मिति २०८२ वैशाख १ गते सोमबार मोरङको ग्रामथान-५, नेताचोकमा "जुडि सितौल है सिरुवा सांस्कृतिक महोत्सव जायोजना गरि सांस्कृतिक पुर्ण जागरण अभियान संचालन हुने जानकारी सहित हार्दिक निमन्त्रण गर्दछौ। धन्यवाद।समावेशी समाजवादी पार्टी नेपाल र थरुहट कोचिला प्रदेश मोरङ/सुनसरी
कोशी
आइतबार, ३१ चैत २०८१
By Pradesh Darpan