कोशी

छठको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य

hello
बिराटनगर/सूर्य उपासनाको पर्व छठको अवसरमा बिहीबार विराटनगरका नदी, नहर र तलाउ किनारमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
सूर्य अस्ताउनुपूर्व नै नदी, नहर र तलाउ किनारका घाटमा पुगेका उनीहरूले पश्चिम फर्किएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

विराटनगरको पूर्व र पश्चिमतर्फ बग्दै आएका सिंघिया, केशलिया र बूढी खोला तथा मोरङ–सुनसरी सिंचाइ आयोजनाको नहर किनारमा बनाइएका घाटमा छठका व्रतालुहरूले सूर्यलाई अर्घ्य चढाएका छन् । 

हिन्दु धर्मावलम्बीहरूले सूर्यलाई अर्घ्य दिएर सूर्यको स्तुति गर्नाले चिताएको मनोकामना पूरा हुने विश्वास गर्दछन् । सोही विश्वासमा श्रद्धालु भक्तजनहरूले छठ पर्व मनाउँदै आएका छन् । 

उनीहरूले ओखलमा कुटिएको गहुँको पिठोबाट पकाइएको ठेकुवा, केरा, जट्टा सहितको नरिवलसहितका सामग्री सूर्यलाई अर्घ्य सँगै चढाएका छन् ।