सुनसरी/सुनसरीको इटहरीमा आज भएको सडक दुर्घटनामा श्रीमान श्रीमतिको मृत्यु भएको छ ।
संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङ श्रीमान श्रीमतीको मृत्यु भएको इटहरी प्रहरीले पुष्टि गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आज दिउँसो इटहरी १७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई म्याजिकले ठक्कर दिएको थियो ।
इटहरीबाट इनरुवातर्फ जाँदै गरेको म्याजिकले पकलीबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । म्याजिक नम्बर तत्काल पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।