सुनसरी/सुनसरीको दुहबीमा ऋद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रामकुमार पाठकले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ८ करोड ९२ लाख ५४ हजार निक्षेप रहेको संस्थाले खुद मुनाफा २ लाख ५१ गरेको जानकारी दिए ।
जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा संस्थाका उपाध्यक्ष सरोज कुमार सिंहले स्वागत मन्तब्य दिएका थिए ।