कोशी

दुहबी नगरपालिकाले अपांगता भएकालाइ स्कुटर सहित साहायक सामाग्री बितरण गर्यो

hello
सुनसरी/सुनसरीको  दुहबी नगरपालीकाले  आफ्ना पालिका भित्र रहेका शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाइ  सहज जिबनयापन का लागी  साहायक सामाग्री बितरण गरेको छ। दुहबी नगरपालीकाको स्वास्थ्य शाखा  , प्रदेश  सरकार र  करुणा फाउन्डेशनको सहकार्यमा आयोजित कार्यक्रममा  दुहबी नगर प्रमुख बेद गच्छादारले   उक्त सामाग्रीहरु   बितरण गरेका  हुन  ।    

बिभिन्न किसिमका शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहज हिड्डुल गर्न    र   ब्यावसायिक जिबन यापन गर्न सकुन भन्ने उदेश्यले नगर प्रमुख गच्छादारले   ,   व्हिल चियर ६ थान,  ट्वाइलेट चियर  ३ थान , white  cane  ३ थान,    र बैशाकि  २ थान  र    स्कुटर १ थान गरि   १५  जनालाइ जम्मा १५ थान  साहायक सामग्री   रु  ३ लाख ५० हजार बराबरको बितरण गरेका थिए ।     एक खुट्टा गुमाएका  शारिरिक  अपाङ्गता भएका दुहबी  ८ का बिनोद  बुढाथोकिलाइ  १ थान स्कुटर  समेत नगर  प्रमुखले  बितरण गरेका छन्। 

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले  शारिरिक अपाङ्गता भएका ब्यक्तिहरुलाइ समाजमा हेरिने  हेयको दृस्टीकोण लाइ हटाउन र  सपाङ्ग जस्तै समान ब्यावहार , माया  र आदार सम्मान गर्नु पर्छ भन्ने सन्देश समुदाय स्तरमा पुराउन नगरपालीकाले  यस्ता कार्यक्रमहरु गरेको  बताए ।  

शारिरिक अपाङ्गता  पुर्वजन्मको फल  होइन  ,  दुर्घटना  र गर्भावस्था मा कुपोषण भएका कारण हुन सक्छ भन्दै उनले भने  यस्ता खाले अपाङ्गता  न्युनिकरणगर्न नगरपालीकाले  बिवाह भएकै दिनदेखि  स्वास्थ्य स्वयम सेबिका  र स्वास्थ्य शाखाले  निगरानि गर्ने , गर्भावस्थामा चेकजाच र पोषणको ब्यावस्था गर्ने र जन्मेका दिन देखि सुनौला हजार दिन मार्फत  खोप तथा अन्य  जाँचहरु गर्दै   आएको  जनाए ।  बिभिन्न कारणले  अपाङ्गता हुन पुगेका  नगरभित्रका नागरिकलाइ  आत्मनिर्भरताको लागी    समुह  बनाएर आबस्यक सिपमुलक तालिम र बिउ पुँजिका रुपमा समुहगत ५० हजार सम्म   उपलब्ध गराइ स्वरोजगारको बाटो शृजना गर्दै आएको बताउदै उनले भने   नगरपालीकाले अपाङ्गताको क्षेत्रमा  धेरै काम गरिसकेको र   स्वास्थ्य बिमा समेत रु ५ सय मात्र तिर्दा १ लाख सम्मको उपचार खर्च  गर्न सक्ने बातावरण  आफुले बनाइ दिएको  बताएका थिए । 

साहायक सामाग्रीहरु  हात परेपछि   अपाङ्गता भएका ब्यक्तिहरुको मुहार मा खुसिको  छाएको प्रस्ट देखिन्थ्यो। उनिहरुले   गहभरि आशु बनाएर  नगर प्रमुख गच्छादारलाइ  धन्यबाद  दिदै आगामि दिनमा   यस्तै  माहान कार्यगर्दै अगाडि बढ्न संदेश दिएका थिए ।  कार्यक्रममा  प्रमुख प्रशासकिय  अधिकृत  हिमालय बराल, सिबि आर सहजर्ता,  स्वास्थ्य साखाका  अधिकारीहरु,  र  करुणा फाउन्डेशनका प्रतिनिधि हरुको उपस्थित  रहेको थियो ।