कोशी

दुहबी बजारमा ६ लेन सडक नबन्ने - साँघुरै सडक कायम

hello
सुनसरी/कोशी राजमार्ग छ लेनमा विस्तार गर्ने योजना अनुरुप रानी–धरानसम्मको काम करिब अन्तिम चरणमा पुगेको छ । रानी–धरान ४९ किलोमिटरमध्ये ४२ किलोमिटर दुरी छ लेनमा विस्तार भएको छ ।

राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडकको केन्द्रबाट दाँया–बाँया २५/२५ मिटरसहित सेटब्याक ६/६ मिटर कायम हुनुपर्ने हुन्छ । तत्कालिन राजमार्ग निर्माण व्यवस्था ऐन २०२१ अनुसार राजमार्ग घोषणा, सडक ऐन २०३१ अनुसार सडक केन्द्रबाट दायाँ–बाँया २५/२५ मिटर र ६/६ मिटर ‘सेट ब्याक’ गरि कुल ६२ मिटरले मापदण्ड मेल खान्छ ।
तर, दुहबी बजार क्षेत्रको ६३० मिटर दुरीको सडक भने यो मापदण्डमा नपर्ने पक्का भएको छ । 

अब २०५४ चैत ३० (राजपत्रका प्रकाशित) सडक बिल्ट अफ एरियालाई आधार मानेर निर्माण कार्य सुरु गरिने भएको हो । यो आधारलाई मान्दा दुहबी बजार क्षेत्रको ६३० मिटर सडक केन्द्रभागदेखि दाँया–बाँया ८.२३/८.२३ मिटर हुनेछ । त्यस बाहेक सडक सीमापछिको ६/६ मिटर सेटब्याक छोड्नु 
पर्नेछ ।

उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशानालय अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान योजनाले सूचना प्रकाशित गर्दै २०५४ मा तय भएको सेटब्याक डिस्टेन्स सडक सीमा भित्रका संरचना खाली गराउन सुचना प्रकाशित गरेको भोलि समय सकिदैछ । छ लेन सडक योजना इटहरीका इन्जिनियर एवं सुचना अधिकारी दुर्गा मण्डलका अनुसार यस क्षेत्र भित्र देखिएको सडक सीमा विवाद अब समाधान भएको हो । समाधान भएका आधारमा दुहबी बजार क्षेत्रमा दाँया–बाँया ८.२३/८.२३ मिटरको हालकै चौडाइको सडक बन्नेछ । जबकी अन्य क्षेत्रमा ५० मिटर चौडाई रहेको छ ।

व्यापारिक मार्ग विस्तार आयोजना रानी–बिराटनगर–इटहरी–धरान सडकको ‘राइट अफ वे’ केन्द्रदेखिको दायाँ–बाँया बनेको भौतिक संरचना स्थानीयवासीले आफै भत्काइ अन्तिम चरणमा रहेको इन्जिनियर मण्डलले जानकारी दिएका छन् ।

दश अर्ब ९८ करोड लागतमा निर्माण हुनुपर्ने ४९ किलोमिटोर रानी–धरान व्यापारिक मार्ग सडकको धरानको ५ किलोमिटर दुरी समेत विवाद छ । आर्थिक वर्ष २०६९÷०७० देखि सुरु भएको योजना ७ वर्षमा सम्पन्न गर्ने सम्झौता थियो । तर, दश वर्ष बढी हुँदा समेत अझै उल्झन देखिदै आएको छ ।