सुनसरी / पूर्वमन्त्री भगवती चाैधरीले सुनसरी-३ बाट उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले नेतृत्वकाे सरकारमा महिला, बालबालिका मन्त्री बनेकी चाैधरी यसअघि साेही क्षेत्रबाट निर्वाचित हुन् ।
चाैधरीले आज दुहबी स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनाेनयन दर्ता गरेकी छिन् । यस क्षेत्रबाट नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छादार पटक पटक चुनावमा लड्दै आएका थिए । उनैलाइ हराएर अघिल्लाे चुनावमा चाैधरी विजयी बनेकी थिइन् । मनाेनयन दर्तापछि उनले महिला शसक्तीकरण र स्थानीय जनताकाे आर्थिक समृद्दिका लागि पहल गर्ने प्रतिबद्दता व्यक्त गरेकी छिन् ।