सुनसरी/यो कुरा सुन्दा सामान्य जस्तो लागे पनि यसलाई सामान्य भनेर नजरअन्दाज गर्न सकिदैन। शिक्षाको कुरामा कोशी गाउँपालिका सुनसरी सुनसरी जिल्लामै सबै भन्दा तल्लो अवस्थामा रहेको छ। यि तिनै वटाको साक्षरता प्रतिशत ६६ प्रतिशत रहेको छ जुन राष्ट्रिय औसत साक्षरता दर भन्दा ११ प्रतिशतले कम हो। हाल राष्ट्रिय औसत साक्षरता प्रतिशत ७६ रहेको छ। अझ महिलाहरुको साक्षरता दर पुरुषको तुलनामा निकै कम रहेको छ ।
यस्तो अवस्था तब भयो, खान लाउन पुग्ने जति कलेज पढन गा पा बाहिर जान बाध्य भए भने गरिबका छोराछोरीहरु अन्यत्र जान नसकी उच्च शिक्षाबाट बिमुख रहेको देखिन्छ ।
शिक्षा मानव जीवनको अमूल्य सम्पत्ति हो। शिक्षा बिना विकास, समृद्धि, र स्थायित्व असम्भव छ। त्यसैले, हरेक व्यक्तिले शिक्षालाई प्राथमिकता दिनुपर्छ, किनभने शिक्षाले नै सशक्त व्यक्ति, सक्षम समाज, र समुन्नत राष्ट्रको निर्माण गर्छ ।
यस क्षेत्रका जनताले देशको राजनीतिमा थुप्रै नेताहरु स्थापित गराएका छन् तैपनि कसैले उच्च शिक्षा हासिल गर्न कलेज स्थापनामा जोड दिन सकेन ।
गिरिजा प्रसाद कोइराला, सुजाता कोइराला, जगदिश कुशियैत, ज्ञानेन्द्र बहादुर कार्की र हाल कोशी प्रदेशमा पर्यटन वन तथा वाताबरण मन्त्री सदानन्द मण्डल समेत रहेको छ तर, तिनै नेताहरूको पहलमा समेत उच्च शिक्षालय स्थापनामा ध्यान दिइएन । यस्तै गाउँपालिका प्रमुखले पनि यस बिषयमा महत्वपुर्ण भुमिका खेल्नु पर्ने आवश्यकता देखिएको छ। कोशी गा पा मा ऐयुब अन्सारी दोस्रो पटक निर्वाचित प्रमख हुन। महत्वपुर्ण ऐतिहासिक अवसर उनलाई छ।
अब पनि शैक्षिक क्षेत्रमा याहाँका जनता पछि पर्नु भनेको यो भन्दा ठुलो दुर्भाग्य होइन कि हाल सम्मकै सबै भन्दा ठुलो घातक हुनेछ । एउटा भनाइ छ - "चोरले तपाइको धन सम्पति, दौलत चोर्न सक्छ तर एउटा गलत नेता वा नेतृत्वले तपाइको शिक्षा एव भविष्य चोर्न सक्छ । " भन्ने भनाइ कहि न कही कोशी गाउँपालिकामा देखिएको छ कि भन्ने महसुश आमजनताले गर्दछन ।