प्रसासन

१०० करोड भन्दा बढी राजस्व उठाउने मालपोत कार्यालय सुनसरीको खराब सेवा प्रवाह

hello
सुनसरी / सुनसरी मालपोत कार्यालयलाई के कुरामा राम्रो भन्ने कुराको आम गुनासो आकास चुलिएको छ । याहाँ आउने हरेक सेवा ग्राहीले हजार कि हजार मालपोत दस्तुर तिर्छ तर सेवा चाही थर्ड कलास छ । 
कार्यालयको सेवा प्रवाह खराब भएकै कारण सयौको सख्यामा लेखापढी गर्ने विचौलिया वा दलालहरु उत्पन्न भएको देखिन्छ । 

शौचालयको कुरा गर्ने हो भने पनि जिल्लाको सबै भन्दा खराब शौचालय ब्यवस्थामा पर्दछ । कर्मचारीहरुले प्रयोग गर्ने शौचालय चै ठिक र सफा छन् ।

जनताले प्रयोग गर्ने शौचालय नर्कको शौचालय जस्तो देखिएको छ । यस्तो विभेद किन ? 
नेपालको अन्य मालपोत कार्यालयमा देखिने साझा समस्या भनेर यसलाई नजर अन्दाज गरेर त्यतिकै अब हामी छोडनु हुदैन । सेवाग्राहिहरुका अनुसार भिडभाड, ढिला सुस्ती, पारदर्शिताको अभाव यस कार्यालयको प्रमुख विशेषता हो । यसरी हाम्रो देशमा "शासकीय सुधार कहिले होला?", "एक दिनमा कति राजिनामा पास हुन्छ?", "कामको प्रगति प्रतिबेदन खोइ?"  यावत प्रश्न आम जनताको मनमा खड्किएको छ ।

परम्परागत ढंगले काम गर्ने शैली, कर्मचारीको अभाव, र भ्रष्टाचारका कारणले यी र यस्ता कार्यालयले जिल्लालाई मात्र नभइ कर्मचारीतन्त्रमा भ्रष्टाचारको संस्कार यस्तै संस्कार भएका कार्यालयहरुबाट बढावा भएको पाइन्छ ।

मालपोत कार्यालयहरूमा दैनिक रूपमा कति कित्ता पास भए भन्ने विवरण कार्यालयको दैनिक प्रतिवेदन (Daily Transaction Report) मा हुनुपर्ने हो । तर यी विवरणहरू सर्वसाधारणका लागि खुला रूपमा सार्वजनिक हुँदैनन्, जवाफदेहिता कमजोर भएको देखिन्छ ।  

कार्यालयको यस्तो प्रतिवेदन प्रायः जनसाधारणलाई उपलब्ध गराइँदैन, न त वेबसाइटमा राखिन्छ । यस्तो शासकीय प्रवृति कहिले सम्म ? मनन गर्नु पर्ने कुरा हो जबकि यस कार्यालयले जनताबाट १०० करोड भन्दा बढी राजस्व रकम प्रत्येक बर्ष असुल गरेर नेपाल सरकारलाई दिने गरेको छ । गणतन्त्रमा सामाजिक न्याय र सुशासन जनताको अधिकार हो । कार्यालय प्रमुख जिम्मेबार हुनै पर्दछ । हाल यस कार्यालयका कार्यालय प्रमुख षड् कुमार पोखरेल हुन ।