राजनीति

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्ने, न्यायाधीश र वकिल नातेदार परे भन्ने तर्कमा रास्वपा दुहबी नगर सचिबको आपत्ति

hello
सुनसरी / राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको सो रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो ।

यसअघि पनि यो रिट पाँच पटक हेर्न नमिल्नेमा परेको थियो । एक महिनाअघि दायर भएको रिटमा अहिलेसम्म एकपटक मात्रै सुनवाइ भएको छ । 

अदालत स्रोतका अनुसार रवि लामिछानेको पक्षबाट बहस गर्ने वकिल नातेदार परेपछि न्यायाधीशले सुनवाइ नगर्ने निर्णय लिएका हुन् ।

न्यायाधीश र वकील नातेदार परेको हुनाले हेर्न नमिल्ने भन्ने तर्क राजनैतिक प्रतिशोध साँधेको दावी गर्दै एउटा व्यक्ति विरुद्ध पुरै सरकार लाग्नु र दुःख दिनु यो कहाँको राजनीति हो भनी राष्ट्रिय स्वतन्त्र पार्टी दुहबीका सचिब प्रेम श्रेष्ठले 
प्रश्न गरेका छन् । यतिको निरंकुश शासन र कानून संगको खेलवाड अत्तिनै आपत्तिजनक भएको समेत श्रेष्ठको ठहर छ ।