राजनीति

समावेशी समाजवादी पार्टी नेपालको पार्टी घोषणा सभा र माघी महोत्सव १ माघ २०८२ साल दुहबीमा हुने

hello
सुनसरी / समावेशी समाजवादी पार्टी नेपाल केन्द्रिय कार्य समितिको निर्णय अनुसार सुनसरी - मोरङ जिल्ला कार्य समितिको संयोजनमा यही १ माघ - २०८२ साल बिहिवारका दिन दुहबी न.पा. ५ सरस्वती मा.वि.को खेल मैदानमा पार्टीको घोषणा सभा साथै माघी महोत्सव आयोजना हुने भएको
छ ।

भ्रष्टाचार, नातावाद,परिवारवाद,नस्लियवाद, विभेद, असमानता,असमावेशी र आन्तरिक उपनिवेशीकरण विरुद्ध वैकल्पिक राजनीतिक पार्टी २०७९ फागुन १५ गते गठन गरि यही २०८२:साल फागुन २१ गते हुने निर्वाचनको तयारीका लागि पार्टीको घोषणा सभा र माघी महोत्सव दुहबीमा आयोजना हुने पार्टीका सुनसरी जिल्ला संयोजक चतुरलाल चौधरीले जनाएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र, बहुदलीय व्यवस्था, समानुपातिक समावेशीता सहित रास्ट्रिय मुक्ति आन्दोलनको उदेश्य र लक्ष्य रहेको समेत संयोजक चतुरलाल चौधरीले जानकारी दिए ।